भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चीनमा दौडिरहेका २१ धावकको अकस्मात मृत्यु

चीनमा दौडिरहेका २१ धावकको अकस्मात मृत्यु

काठमाडौं । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको छ । येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने वर्षा भएपछि दौड प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको हो ।

जिवित फेला परेका १५१ मध्ये आठ जनालाई भने चोट लागेको जनाइएको छ । घटना छानबिन गर्न समिति नै बनाइएको छ । ढुङ्गाका मनमोहक स्तम्भहरू रहेको येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी भएकामा केही हराएपछि प्रतियोगिता नै रोक्नु परेको थियो । खोजी तथा उद्धार टोली आइतवार २१ जनाको शव फेला पारेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.