भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाँध मर्मत शुरु भएपछि रौतहटवासी खुशी

बाँध मर्मत शुरु भएपछि रौतहटवासी खुशी

बीरगञ्ज । रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम शुरु गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पु¥याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम शुरु गरिएको हो ।वाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम शुरु गरिएको छ ।

अहिले भत्किएको ठाउँमा माटो भर्ने र ढुङ्गा, जाली राख्ने काम भइरहेको कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले राससलाई बताउनुभयो । सो कार्यअन्तर्गत वाग्मती नदीको देब्रेतर्फ चार ठाउँमा र दायाँतिर १० ठाउँमा तथा लालबकैया नदीको देब्रेतर्फ सात र दायाँतर्फ आठ स्थानमा मर्मतसम्भार भइरहेको बताइएको छ ।

बाँध मर्मतसम्भार गर्न अर्थ मन्त्रालयले रु दुई करोड दिने भनिएकाले धमाधम बाँध मर्मत शुरु गरिएको बताइएको छ । प्रत्येक वर्ष वर्षा र बाढीले सो बाँध भत्किने गरेकाले उक्त भत्किएको ठाउँमा पूर्णरूपमा काम गर्न रु ४१ करोड ३४ लाख खर्च हुने अनुमान गरिएको छ । झण्डै ३३।५ किलोमिटर लम्बाइ रहेको सो बाँध भारत सरकारले सन् १९८९ मा निर्माण गरिदिएको थियो । यही बाँध ठाउँठाउँमा भत्किँदा पानी पसेर गाउँमा डुबान हुने गरेको छ ।

गत जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि फेरि बाढीले २९ स्थानमा सो बाँध भत्किएको थियो । पानी पसेर रौतहट जिल्लाको गङ्गापिप्रा, राजदेवी, इशनाथ नगरपालिकालगायत धेरैजसो गाउँ डुबानमा परेका थिए । यता लालबकैया नदीले इशनाथलगायत उत्तरी भेगका गाउँ र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायत स्थानमा सबैभन्दा बढी क्षति पु¥याउँदै आएको छ ।

वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । विसं २०५० मा सो नदीमा बाढी आएपछि रौतहटवासी डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँध मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ ।

अघिल्लो वर्ष लालबकैया नदीको सीमा क्षेत्र टिकुलियामा भत्किएको बाँध भारतीय पक्षले मर्मतसम्भार गर्न दिएको थिएन । ढिलै भए पनि सो नदीमा भत्किएको बाँध मर्मतसम्भार हुन थालेपछि त्यस भेगका जनताले वर्षायाममा आफूहरु सुरक्षित रहने विश्वास व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.