चीन र ताइवानबीच बढ्दो तनाव

चीन र ताइवानबीच बढ्दो तनाव

काठमाडौं । चीन र ताइवानबीच बढ्दो तनावमा आफ्नो गम्भीर चासो रहेको अमेरिकाले जनाएको छ । ताइवानको आकास र आसपासको समुद्री क्षेत्रमा बढ्दो सैनिक प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो । ताइवानको स्वतन्त्रता र सम्प्रभुताको पक्षमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ऐक्यबद्धता जनाए ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौं फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाईरहेको छ । ताइवानले आफुलाई स्वतन्त्र देश बताउदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत चीनको एक महत्वपूर्ण अंग मान्दै आएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.