नेपाललाई रातो सूचीबाट हटायो बेलायतले

नेपाललाई रातो सूचीबाट हटायो बेलायतले

काठमाण्डौ । बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको छ ।बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको हो । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले आउँदो सोमवारदेखि लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।

रातो सूचीमा हुँदा बेलायतले तोकिदिएको होटलमा १० दिन क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता थियो । अब होम क्वरेण्टीनमा बस्दा हुनेछ । बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.