भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। देहिमाण्डौँबाट गिरेगडातर्फ जाँदै गरेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। चन्चलेको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।

यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका–१० की ३० वर्षीया कबिता परियार घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

चालकसहित चार जना सवार जीप अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त जीप सडकबाट करिब ४० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.