भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

हिमपातले सडक अवरुद्ध, हुम्लाका मतदानस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री पठाइयो

हिमपातले सडक अवरुद्ध, हुम्लाका मतदानस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री पठाइयो

हुम्ला, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका चार वटा मतदानस्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको छ ।

लगातार हिमपातका कारण नाम्खा गाउँपालिका–६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक तथा नाम्खा गाउँपालिका–५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेक क्षेत्र अवरुद्ध भएपछि स्थलमार्गबाट आवतजावत सम्भव नभएको थियो ।

यसपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आवश्यक निर्वाचन सामग्री र कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।

उनका अनुसार नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमशिखर प्राथमिक विद्यालय (तिल), सुनखानी आधारभूत विद्यालय (हल्जी) र भृकुटी आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा सामग्री तथा कर्मचारी हेलिकप्टरबाट ढुवानी गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.