काठमाडौँ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशङ्करलाल दासलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ ।
राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच डा दासलाई सम्मानपत्रसहित दुई लाख राशिको पुरस्कार प्रदान गरिएको हो । नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो ।
