स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही

स‍रकारी कार्यालय परिसरका चमेना गृहलाई कारबाही

काठमाडौँ । उपत्यका भित्रका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहलाई कारवाही गरिएको छ ।

प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गर्दा मापदण्ड विपरितका चमेना गृहलाई कारवाही गरेको हो ।

अनुगमनका क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड विपरित रहेको पाइएको हो । ५०–५० हजार रुपैयाँ जरिवानासहित कारबाही गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.