भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

छैरो­मार्फा जोड्ने पक्की पुल निर्माणको काम शुरु

छैरो­मार्फा जोड्ने पक्की पुल निर्माणको काम शुरु

गण्डकी । कालीगण्डकी नदीमाथि यहाँका दुई गाउँ जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं। २ को तल्लो मार्फा गाउँलाई जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको हो ।कोरोना महामारीबीच निर्माण कम्पनीले पुलको प्रारम्भिक काम थालेको जनाएको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वधार मन्त्रालयले यो पुल निर्माण थालेको हो । मुस्ताङ जिल्लामै पहिलो ‘पाएल’ प्रविधिबाट निर्माण हुने यो पुल रु सात करोड ८० लाख २४ हजारको लागतमा सम्पन्न हुनेछ । कूल ६४ मिटर १० सेन्टिमिटर लम्बाइ र आठ मिटर ४० सेन्टिमिटर चौडाइमा निर्माण हुने पक्की पुलमा दायाँबायाँ दुबैतर्फ एक मिटर २० सेन्टिमिटर फुटपाथ निर्माण हुने पूर्वाधार विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख विष्णु पौडेलले बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको देवेन सायर कन्स्टक्सन प्रालि काठमाडौँले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।

कोरोना महामारीको असर नपरे एक वर्षमा पुल निर्माण भैसक्ने गरी सम्झौता भएको इन्जिनीयर पौडेलले बताउनुभयो । यो पुल निर्माणपछि छैरो चिमाङ गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारीकरणका लागि सहज हुनेछ भने छैरो गाउँ जाने यात्रुलाई आवतजावतमा सहज हुने छ । हिउँदमा मात्रै सवारी चल्ने छैरो गाउँमा अब वर्षैभरि सवारी चल्ने घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइतप्रसाद थकालीले बताउनुभयो । कालीगण्डकीमा पुल नहुँदा स्थानीयवासीले वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नु परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.