भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

जंगबहादुर राणाको अगुवाइमा बनेको ऐतिहासिक दुगुनागढी पुनर्निर्माण हुदै

जंगबहादुर राणाको अगुवाइमा बनेको ऐतिहासिक दुगुनागढी पुनर्निर्माण हुदै

सिन्धुपाल्चोक । वि. सं. १९११ मा तिब्बती सेनासँग लडाइँ गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको अगुवाइमा बनेको ऐतिहासिक दुगुनागढी पुनर्निर्माण हुन थालेको छ । ०७२ को विनासकारी भूकम्पले पूर्ण रुपमा क्षति पुगेको सो गढीको भित्री भागको पुनर्निर्माण गरिएको हो । बाग्मती प्रदेश सरकारको ३० लाख रुपैयाँले पहिलो चरणको पुनर्निर्माण गरिएको स्थानीय महिला समूह एवं दुगुनागढी पुनर्निर्माण तथा संरक्षण समितिका अध्यक्ष पासाङबुटी शेर्पाले बताइन् ।

गढीको भित्री भागको सरसफाइ गरी पुनर्निर्माण गरिएको र अझै केही भागको पुनर्निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । अध्यक्ष शेर्पाका अनुसार गढीको बाहिरी पर्खालका साथै गढी प्रवेशद्वारमा रहेको सानो गढीको पनि पुनर्निर्माण गर्नुपर्छ । अघिल्लो वर्षको बजेटबाट गढीको भित्री भागको पुनर्निर्माण गरी बाटोमा रेलिङ हालिएको उनले जानकारी दिइन् । दुगुनागढीमा बढीभन्दा बढी पर्यटक भित्र्याउन स्थानीयलाई होमस्टे सञ्चालनसम्बन्धी तालिम दिइएको र पर्यटकीय पदमार्ग निर्माणका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन गरिएको छ ।

ऐतिहासिक महत्वको गढीको पुनर्निर्माणसँगै पदमार्गसमेत निर्माण गरी तातोपानी धारा र बन्दरगाहमा आएका पाहुनालाई गढीसम्म पुर्‍याउने लक्ष्य रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । भोटेकोसी गाउँपालिका– ३ दुगुनामा पर्ने सो गढीलाई पर्यटन थलो बनाउन सकिए सो क्षेत्र र सिंगो पालिकाकै समृद्धिमा टेवा पु¥याउने पौडेलको विश्वास छ ।

जंगबहादुर राणाले तिब्बती सेनासँग देशको रक्षा गर्नका लागि निर्माण गरेको गढीबाट तिब्बतको खासा बजार प्रस्ट देखिने स्थानीय ङवाङ शेर्पा बताउँछन् । अरनिको राजमार्ग हुँदै तातोपानी सुख्खा बन्दरगाहबाट करिब ८ किलोमिटरको दूरीमा रहेको गढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्रने सम्भावना रहेको शेर्पा बताउँछन् । पुरातत्व विभागले समेत चासो देखाएको गढीमा आर्थिक अभावले अझै पूर्ण रुपमा पुनर्निर्माण हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.