भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गर्नुभएको छ ।

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताउनुभएको छ । “नेपाली जनताको अथक सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो ।

, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवम् अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.