भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जनहितका प्रस्ताव नीति तथा कार्यक्रममा समेटिनुपर्छ : सांसद गोसाई

जनहितका प्रस्ताव नीति तथा कार्यक्रममा समेटिनुपर्छ : सांसद गोसाई

हेटौडा ।  नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले प्रदेशको नीति तथा कार्यक्रममा १० बुँदे संशोधन प्रस्ताव राखेका छन् । शनिबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रमा नेमकिपा बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले १० बुँदे संशोधन प्रस्ताव राखेका हुन । गोसाईले प्रदेशको मात्रै नभई समग्र नेपालकै हित हुने प्रस्ताव प्रदेशको नीति तथा कार्यक्रममा समावेस गरिनु पर्ने बताएका थिए ।

सांसद गोसाईले राखेको प्रस्ताव फिर्ता लिन सभामुख सानुकुमार श्रेठले अनुरोध गरे पनि सांसद गोसाईले आम जनताको हित गर्ने प्रस्ताव फिर्ता नलिने जानकारी दिए । बागमती प्रदेशले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेमकिपाले राखेको संशोधन प्रस्तावका बुँदा यस्ता छन्

विद्यालय तहदेखि नै कला संस्कृति र सम्पदा संरक्षण सम्बन्धी पाठ्यक्रम लागु गरि अध्यापन गर्नुपर्ने ।

विद्यालय तहदेखि नै संघीयता,प्रदेशको भूमिका तथा विकेन्द्रीकरणका सिद्धान्तबारे पाठ्यक्रम लागु गरि अध्यापन गराउने ।

कुनै पनि सहर वस्तीको जलाधार क्षेत्रमा तथा सम्पदामा हानी नोक्सानी पुग्नेगरी रंगशाला, क्रिकेट मैदान अथवा व्यापारिक भवन निर्माण गरिने छैन र गरिएका भए तत्काल बन्द गर्ने
अथवा निर्माण कार्य स्थगन गरिने छ ।

प्रत्यक गाउँपालिका र नगरपालिकामा कम्तिमा एउटा बालोद्यान केन्द्र तथा शिशु स्याहार केन्द्र स्थापना गरिने छ ।

स्थानीय पालिकाद्वारा स्थापित अस्पताललाई सरलिकृत,भौतिक,प्राविधिक तथा मानव संसाधान उपलब्ध गराउने

सवल तथा पूर्वाधार सम्पन्न पालिकालाई विश्वविद्यालय सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराई शिक्षा क्षेत्रलाई प्रदेशमा अगाडि बढाउने लगायतका बुँदाहरु रहेका छन् ।
देश र जनताको चौतर्फि हितका महत्वपूर्ण बुँदा भएपनि सभामुख सानुकुमार श्रेष्ठले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.