भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

वागीश्वरीमा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन

वागीश्वरीमा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा २०७६ मा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बुधवारदेखि स्वास्थ्य मापदण्ड पालना गरी पाँच दिने बधाई तथा मार्गनिर्देशन कार्यक्रम शुरु भएको छ । सामाजिक दूरी कायम गरी पाँच समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विद्यालयमै बोलाई उक्त कार्यक्रम गरेको विद्यालय प्रशासनले जनाएको छ ।

उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मार्गनिर्देशन दिएको उक्त कार्यक्रममा विद्यालय गतिविधि तथा भौतिक निर्माणसम्बन्धी जानकारी प्रदान गरिएको थियो । बुधवारदेखि शुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन दिदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालय तह सकेपछि मात्र चरित्र निर्माणको तह सुरु हुने भएकोले अझ बढी मेहनत गर्नुपर्ने बताए ।

पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले जुनसुकै विषय लिएपनि विशेषज्ञता हासिल गर्ने गरी पढ्नुपर्नेमा जोड दिए । विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरुले आन्तरिक मूल्यांकनबाट पाएको ग्रेडलाई ध्यानमा राखी उच्च शिक्षा अध्ययनको क्रममा पनि बढीभन्दा बढी ग्रेड प्राप्त गर्नुपर्ने बताए ।

शिक्षक विश्वेश्वर मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक उकेश सुवालले स्वागत गरेका थिए । प्रधानाध्यापक धन्छाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा प्रत्येक दिन दुई जना विद्यार्थीहरुले विद्यालयमा पढ्दाको अनुभव व्यक्त गरेका थिए ।

३.६५ वा सोभन्दा माथि ४५ जना, ३.२५ वा सोभन्दा माथि ६९ जना, २.८५ वा सोभन्दा माथि ६९ जना, २.४५ वा सोभन्दा माथि ५४ जना र २.०५ वा सोभन्दा माथि २१ जनाले जीपीए प्राप्त गरी जम्मा २ सय ५८ जनाले उक्त विद्यालयबाट एसईई परीक्षा पूरा गरेको विद्यालय प्रशासनले जनाउको छ ।

९० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थितिमा भएको उक्त कार्यक्रम सोमबारसम्म हुनेछ । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षकहरु मैयाकेशरी कोजू, पूजा शाक्यलगायतले बधाई तथा मार्गनिर्देशन दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.