जलवायु परिवर्तनको सबैभन्दा धेरै प्रभाव विश्वका ११ देशलाई पर्ने

जलवायु परिवर्तनको सबैभन्दा धेरै प्रभाव विश्वका ११ देशलाई पर्ने

काठमाण्डौ । विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पारेको छ । अमेरिकाको ओडीएनआईको प्रतिवेदन अनुसार यी देशहरुलाई जलवायु परिवर्तनले निम्त्याएको परिस्थितिसँग लड्न धेरै मुस्किल हुने अफिस अफ नेशनल इन्टेलिजेन्सले जनाइएको छ ।

प्रतिवेदनका अनुसार यी देशहरुले जलवायु परिवर्तनको असरसँग लड्ने तयारी गरेका छैनन् । ओडीएनआईका एक अधिकारीले बढ्दै गएको तापक्रम र पानीको कम उपलब्धता र अप्रभावकारी सरकारको कारणले अफगानिस्तानको स्थिति खासगरी चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ ।

ओडीएनआईले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारत, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस, निकारागुवा र कोलम्बिया चिन्ताजनक देशको श्रेणीमा रहेका छन् । यस्तै जलवायु परिवर्तनको मारमा पर्ने देशमा भारत, अफगानिस्तान र पाकिस्तान ‘संवेदनशील देश’ को सूचीमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.