पाकिस्तानमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच झडप

पाकिस्तानमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच झडप

एजेन्सी । पाकिस्तानको लाहोरमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच भएको झडप भएको छ । झडपमा परी दुई जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै दर्जनौ प्रदर्शनकारी घाइते भएको जनाइएको छ । टीएलपीले बन्दी रहेका आफ्ना नेता कार्यकर्ताका रिहाइको माग गर्दै सरकारविरुद्ध पदर्शन गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीहरुलाई रोक्न प्रहरीले जथाभावी अश्रु ग्यास प्रहार गरेको आन्दोलनकारीकाको गुनासो छ । सो पार्टी प्रमुख साद रिजवीसहित आफ्ना कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै टीएलपीले राजधानी इस्लमावादमा विशाल प्रदर्शनको तयारी गरेको थियो । कट्टरपन्थी तहरिक ए लाबियाक पाकिस्तान टीएलपी पार्टीका कार्यकर्ताले राजधानी इस्लामावादमा प्रदर्शन गर्न निकालेको ¥यालीमा प्रहरीले हस्तक्षेप गर्दा सो घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.