भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिउँदो सालकसहित दुई पक्राउ

जिउँदो सालकसहित दुई पक्राउ

भक्तपुर । जिउँदो सालकसहित प्रहरीले आज एक सशस्त्र प्रहरीसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडौँ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

सालक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि दिउँसो १ बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचयपत्र बरामद भएको उहाँले जानकारी दिनुभयो ।

युरिया मलको ५० केजीको बोराभित्र प्लाइको बाकसमा जिउँदो सालक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ पारेका उनीहरुलाई थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ । उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोबाइललगायत विभिन्न सामग्रीहरु बरामद गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.