भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तिनाउ र दानव नदीको दुवैतर्फ सडक बन्दैः अर्थमन्त्रीद्वारा शिलान्यास

तिनाउ र दानव नदीको दुवैतर्फ सडक बन्दैः अर्थमन्त्रीद्वारा शिलान्यास

बटुवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्ला आर्थिक, पर्यटकीय र विकास पूर्वाधारका हिसाबले लुम्बिनी प्रदेशको मात्र नभएर सिङ्गो राष्ट्रको केन्द्रका रुपमा विकसित हँुदै गएको बताउनुभएको छ । उहाँले प्रदेशको हिसाबले त रुपन्देही धेरै पहिले नै केन्द्रका रुपमा स्थापित भइसकेको तर अहिले भने सिङ्गो राष्ट्रको नै केन्द्रका रुपमा स्थापित हँुदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई विश्वमा चिनाउन बुद्ध जन्मस्थल लुम्बनी रुपन्देहीमा छ, अन्तरराष्ट्रिय विमानस्थल, सबैतिर जोड्ने सडक सञ्जालले रुपन्देहीलाई देशकै केन्द्रभागमा राखेको छ ।”अर्थमन्त्री पौडेलले आज रुपन्देहीका दुई ठूला तिनाउ र दानव नदीको दुवै किनारमा निर्माण हुने तिनाउ–दानव करिडोर अयोजनाको शिलान्यास गर्दै रुपन्देहीलाई प्रदेशको केन्द्र मात्र नभएर देशकै केन्द्रका रुपमा विकास गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

उहाँले तिनाउ–दानव नदी करिडोर केन्द्र सरकारको विशेष महत्वको आयोजना भएको र यो सडक आयोजना पूरा भएपछि बुटवलबाट भारतीय सीमा क्षेत्र मर्चवारसम्मको क्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो ।उहाँले सडक आयोजना प्रक्षेपित लागतमा गुणस्तरीय र समयमा सम्पन्न गर्न सरोकारवाला निकाय र निर्माण कम्पनीलाई निर्देशन पनि दिनुभयो । उहाँले आयोजनाको कामको गुणस्तरीयता र यसको कार्यान्वयनका सन्दर्भमा सञ्चारजगत र नागरिक समाजले चासो राखेर अग्रणी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले नदी किनारमा बसोबास गर्दै आएका जनतालाई विकासका लागि सहयोग गर्न आनुरोध गर्दै नदी किनारमा बस्दै आएका भूमिहीनलाई सरकारले वैकल्पिक व्यवस्था गर्ने बताउनुभयो । उहाँले त्यस्ता नागरिकको लागत तयार गरेर स्थायी बसोबासको व्यवस्था गरिने जानकारीसमेत दिनुभयो । मन्त्री पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न अनुरोध गर्नुहुँदै विगत पाँच वर्षदेखि रोकिएको बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा अवरोध नगर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले बुटवल राजमार्ग चौराहादेखि बेलहिया सडक निर्माणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले बुटवलदेखि कपिलवस्तुको धानखोलासम्मको राजमार्गको स्तरोन्नतिको कामका लागि बजेटको प्रबन्ध गर्ने गृहकार्य भइरहेकाले यसका लागि तयार रहनसमेत निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने बताउँदै अस्थिरताको कसैमा आशङ्का छ भने त्यो नगर्नसमेत अनुरोध गर्नुभयो ।

उहाँले अस्थिरताको कुनै गुञ्जायस नरहेको बताउँदै कसैले अस्थिरताको अपेक्षा गरेको छ भने त्यो नगर्नसमेत अनुरोध गर्नुभयो । “यो सरकार जनता र राष्ट्रलाई केन्द्र भागमा राखेर विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादलाई दृढताका साथ अगाडि बढाउँछ”, उहाँले भन्नुभयो, “जे जस्ता बाधा व्यवधान भए पनि सबै पन्छाउँदै अगाडि बढ्छ, रोकिँदैन ।” अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीलाई आधार बनाएर नदीको किनारैकिनार बुटवलको जितगढीबाट भारतीय सीमा मर्चवारसम्मको सडकअन्तर्गत पहिलो चरणको तिनाउ नदीमा निर्माण हुने दुवै किनारातर्फ सडकको ८।६ किलोमिटर र दानव नदीतर्फ दुवै किनारातर्फ निर्माण हुने ३.६ किलोमिटर सडकको दुवै नदी किनारामा अलगअलग शिलान्यास गर्नुभयो ।

सो सडकको तिनाउ नदीतर्फ पहिलो चरणअन्तर्गत ८।६ किलोमिटर सडक रु ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो । यस्तै दानव नदीतर्फको ३।६ किलोमिटरको विसं २०७९ पुस २७ सम्ममा निर्माण सम्पन्न गर्नेगरी रु १९ करोड ४२ लाखमा ठेक्का सम्झौता भइसकेको महानिर्देशक शर्माले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.