‘जिन्दगी पानीको फोका’

‘जिन्दगी पानीको फोका’

काठमाडौं । सर्जक तथा संगीतकार कस्तुप पन्तले नयाँ गीत ‘जिन्दगी पानीको फोका’ सार्वजनिक गरेका छन् । बडादशैंको अवसर पारेर सार्वजनिक गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

दुई दशक देखि साँगितिक क्षेत्रमा रमाएका पन्तले सांगीतिक यात्राको क्रममा संगालेका तितामिठा अनुभव यस गीतमा समेटिएको बताएका छन् । गायक रामजी खाँण र गायिका अन्जु पन्तको स्वर रहेको लोकगीत शैलीमा तयार भएको यस गीतमा मायाप्रेमका कुरा समेटिएको छ ।

म्युजिक भिडियोमा गायक रामजी र मालती घलेको रोमान्स रहेको छ । मौसम हिमालको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई सरिता म्युजिक प्रालिले प्रस्तुत गरेको हो । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

Mohotsav


Thali Mobile Pvt.Ltd.