भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

कोरोनाको खोप नलगाएको उत्तर कोरियामा देशव्यापी लकडाउन

कोरोनाको खोप नलगाएको उत्तर कोरियामा देशव्यापी लकडाउन

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएको उत्तर कोरियामा कोरोना संक्रमण फैलिएपछि देशव्यापी लकडाउन गरिएको छ । पहिलो पटक उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएको हो ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको जनाउदै देशव्यापी लकडाउन गरिएको जनाएको छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फैलिएको जनाईएको छ ।

सर्वोच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा लकडाउन लागू गर्न आदेश दिएको समाचारमा उल्लेख गरिएको छ ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकले संक्रामक रोग नियन्त्रण विभागको लापरबाही र अक्षमताले कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दो प्रयास गरिएको जनाइएको छ । तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताएपनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.