भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जेल तोडेर राजनीतिक बन्दीहरु तालिवानले भगाए

जेल तोडेर राजनीतिक बन्दीहरु तालिवानले भगाए

अफगानिस्तान । अफगानिस्तानको विद्रोही समूहले कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको तालिवानले बारम्बार उक्त जेलमा आक्रमण गर्ने कोशिस गर्दै आए पनि बुधबार राती कान्दाहार जेल तोड्न सफल भएका हुन ।

अफगान राष्ट्रपति असरफ गनीले राष्ट्रिय सेनाका प्रधान सेनापति वाली अहमदजानीलाई बर्खास्त गरेर नयाँ प्रधानसेनापतिमा हिबातुल्लाह अलिजाईलाई नियुक्त गरेका छन् । देशको झण्डै दुई तिहाई भूभागमा कब्जा जमाईसकेको विश्वास गरिएको तालिवान समूह तीब्र गतिमा राजधानी काबुलतर्फ अघि बढेको पनि समाचारमा जनाइएको छ ।

उक्त जेलमा तालिवानका महत्वपूर्ण नेता तथा लडाकुहरु राखिएकाले जेल विद्रोहीको निशानमा थियो । जेलबाट कति जनालाई भगाइयो भन्ने उल्लेख नगरिए पनि तालिवानले जेल ब्रेकको भिडियो सार्वजनिक गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.