भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिकटक, गुगल, युट्युव, फेसबुकलाई निगरानी गरिदै

टिकटक, गुगल, युट्युव, फेसबुकलाई निगरानी गरिदै

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नेपाल दूरसञ्चार प्राधिकरणले निगरानी गर्न थालेको छ ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेपछि नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको थियो ।

भारतमा प्रतिबन्ध लगाउँदा नेपालमा चर्चा बटुल्नु र प्राटोकल परिवर्तन एकै पटक हुनुले क्यास सर्भरमा असर परेको थियो । यसले गर्दा टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको थियो । त्यसबेला सेवा प्रदायकले टिकटकको सर्भर थप गर्न नसक्दा नेपालको इन्टरनेटमै समस्या परेको उल्लेख गरेका थिए ।

यसबारेमा सेवा प्रदायले प्राधिकरणमा पनि जानकारी दिएका हुन् । हाल टिकटकको लागि आकमाईको सर्भर थप भएसँगै टिकटकको समस्या भने समाधान भएको छ । तर, फेरि अहिले गुगलको अधिकतम प्रयोग भइरहँदा गुगलको क्यास सर्भरको खपत पनि बढेको छ, तर सर्भर बढाउनेतर्फ कुनै काम अघि बढेको छैन ।

 


Thali Mobile Pvt.Ltd.