भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै | ३१ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै |

टिकटक, गुगल, युट्युव, फेसबुकलाई निगरानी गरिदै

टिकटक, गुगल, युट्युव, फेसबुकलाई निगरानी गरिदै

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नेपाल दूरसञ्चार प्राधिकरणले निगरानी गर्न थालेको छ ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेपछि नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको थियो ।

भारतमा प्रतिबन्ध लगाउँदा नेपालमा चर्चा बटुल्नु र प्राटोकल परिवर्तन एकै पटक हुनुले क्यास सर्भरमा असर परेको थियो । यसले गर्दा टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको थियो । त्यसबेला सेवा प्रदायकले टिकटकको सर्भर थप गर्न नसक्दा नेपालको इन्टरनेटमै समस्या परेको उल्लेख गरेका थिए ।

यसबारेमा सेवा प्रदायले प्राधिकरणमा पनि जानकारी दिएका हुन् । हाल टिकटकको लागि आकमाईको सर्भर थप भएसँगै टिकटकको समस्या भने समाधान भएको छ । तर, फेरि अहिले गुगलको अधिकतम प्रयोग भइरहँदा गुगलको क्यास सर्भरको खपत पनि बढेको छ, तर सर्भर बढाउनेतर्फ कुनै काम अघि बढेको छैन ।

 


Thali Mobile Pvt.Ltd.