भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

विश्वका अनौठा परम्परा : महिनावारी हुँदाको रगतमा दूध, कपूर र नरिवल मिसाएर पिउन लगाइन्छ !

विश्वका अनौठा परम्परा : महिनावारी हुँदाको रगतमा दूध, कपूर र नरिवल मिसाएर पिउन लगाइन्छ !

एजेन्सी । महिनावारीका समयमा नेपालमा  महिलालाइ विभिन्न काम गर्न निषेध गरिएको हुन्छ ।  हिन्दु परम्पराअनुसार नेपालमा पनि त्यस्ता थुप्रै अन्धविश्वास अझै जीवित छन् । जस्तै मन्दिरभित्र जानमा रोक लगाइन्छ, पुरुषलाई छुनु हुँदैन, भान्छा भित्र पस्नु हुँदैन, अरुले खाने खाना छुनु हुँदैन । पहिलाे पटक महिनावारी हुदा लुकेर बस्नु पर्छ भन्ने यस्ता अरु पनि थुप्रै काम गर्नबाट महिलालाई रोकिन्छ किनकी उनीहरुलाई त्यस समय अशुद्ध मानिन्छ । नेपालमा मात्र नभएर विश्वभर यस्ता कैयाैं प्रथा छन् जसलाई अझै पनि मानिसहरु मान्ने गर्छन् ।

बंगलादेश
बंगलादेश र वेस्ट बंगालका कतिपय स्थानहरुमा बस्ने बाल्स समाजमा महिनावारी सम्बन्धी अचम्मको प्रथा छ । त्यहाँका महिलाहरुले पहिलो पटक महिनावारी हुँदा उनीहरुलाई महिनावारी हुँदाको रगतमा गाईको दूध अनि कपूर र नरिवलको दूध मिसाएर पिउन लगाइन्छ । त्यसलाई पिउँदा ताकत बढ्छ भन्ने विश्वास गर्दै उनीहरु यो परम्परा मान्ने गर्छन् ।

भारत
भारतका केही राज्यमा महिनावारी भएका महिलाहरुले एउटा फलामको वस्तु साथ राख्ने गर्छन् । भूतप्रेतलाई कब्जा गर्न नदिनका लागि उनीहरुले त्यस्तो गर्ने गर्छन् ।

इन्डोनेशिया
इन्डोनेशियाको बालीमा महिनावारीका बेलामा महिलालाई खाना बनाउने ठाउँमा जान निषेधित गरिन्छ । पकाउन र अरुको खाना छुन पनि उनीहरुलाई निषेध गरिएको छ । उनीहरुले खाना छुँदा खाना खराब र अशुद्ध हुने अन्धविश्वासका कारण यो परम्परा मानिन्छ । यस समय महिलाहरुलाई मन्दिर जानमा पनि रोक लगाइएको हुन्छ । बालीको कट्टर ज्युडिस समाजमा महिनावारी पछि महिलाहरुले पवित्र हुनका लागि नदिमा स्नान गर्नुपर्ने चलन छ । यस स्नानलाई मिक्वेह भनिन्छ ।

कर्णाटक
कर्णाटकमा पहिलो पटक महिनावारी हुँदा महिलालाई दुलही जसरी सजाइन्छ । उसको आरती उतारेर अरु मानिसहरुलाई भोज खुवाइन्छ । भारतको आन्ध्र प्रदेश र केरेलामा समेत यो चलन विद्यमान छ ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको जूलूस नामक स्थानमा महिलाको महिनावारी सुरु हुनुअघि बाख्राको बली चढाइन्छ । त्यसपछि उसलाई उसका साथीहरुबाट अलग गराइन्छ र स्नान गराएर माटोले ढाकिन्छ ।bakhrako bali

 


Thali Mobile Pvt.Ltd.