बलिउडमा भाग्य चम्काइदिने भन्दै यौन शोषण

बलिउडमा भाग्य चम्काइदिने भन्दै यौन शोषण

मुम्बई । भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि शंकाको घेरामा रहेकी रिया चक्रवर्तीमाथि लागुऔषध (ड्रग्स)को प्रयोग गरेको या नगरेको भनी अनुसन्धान भइरहेको छ । यसैबीच निर्देशक अनुराग कश्यपमाथि कलाकार पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् ।

अनुरागमाथि लागेको यौन शोषणको आरोपको विषय भारतको संसदमा पनि उठेको छ । बीजेपी सांसद रवि किशनले यो विषय संसदमा उठाए । साथै उनले कठोर कानूनको माग पनि गरे ।उनले संसदमा भने – हाम्रो देशमा नारी देवी दुर्गा र गौमाता जस्तै पूजनीय छन्, तर बलिउडसहित कैयन् क्षेत्र यस्ता छन्, जहाँ अझै पनि केही व्यक्तिले उनको भाग्य चम्काइदिने दाबी गर्दै फाइदा लिन खोज्छन् ।’

रवि किशनले अनुराग र पायलको नाम भने लिएका थिएनन् ।बरु उनले एक बलियो कानूनको माग गरेका थिए । उनले महिला र युवतीहरुलाई अनुचित दबाब दिनेमाथि भय पैदा हुने कानून ल्याउन माग गरेका थिए । रवि किशन र अनुराग कश्यपबीचको लडाइँ सुशान्त र रियाको केशमा नै देखिएको थियो ।

अनुरागले ट्वीटमार्फत रवि किशनले गाँजा तान्ने गरेको आरोप लगाएका थिए । यो आरोपमा रवि किशन भने चुप रहेका थिए ।रवि किशनलाई उनका अर्का साथी मनोज तिवारीको पनि साथ मिलेको थियो । सुशान्त सिंह राजपूतको मृत्यु र लागुऔषधबारे पनि संसदमा प्रश्न उठाइएको थियो । एजेन्सी

Mohotsav


Thali Mobile Pvt.Ltd.