भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

टीनाको ‘बोली भन्दा’ म्युजिक भिडियो सार्वजनिक

टीनाको ‘बोली भन्दा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका टिना शेर्पालीको समधुर स्वरमा सजिएको म्युजिक भिडियो ‘ बोली भन्दा’’ सार्वजनिक भएको छ । चर्चित गायिका तथा मोडल शेर्पालीको स्वर रहेको सो म्युजिक भिडियो मार्फत गीतकारले एक प्रेमिका र प्रेमीले एक अर्कालाई नजिकबाट चिन्ने कुरालाई देखाउन खोजिएको छ ।

रुप हेर्नु भन्दा उसको व्यवहार चिनेर सम्बन्ध गास्नु पर्ने सन्देश दिइएको छ । अहिले मायामा विश्वासघात गर्ने चलन चलिरहेका बेला आजिवन माया गरिरहने कुरा प्रस्ट पारिएको छ । भारतको मुम्बईमा रहेर पनि गीत संगितलाई माया गर्ने शेर्पालीले हिन्दी गीतसंग संगै नेपाली गीत संगीतलाई माया गरेकी छन् ।

मोडल शिर्पाइली पत्रकारितामा समेत संलग्न रहकी छन् । उनले नेपाली साहित्यलाई प्रर्बधन गर्ने काममा पनि लागेकी छन् । थुप्रै म्यूजिक भिडियोमा स्वर दिएकी तथा अभिनय गरेकी शेर्पालीकोे यो भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । कोरोना कहरमा गीत संगीत क्षेत्रले पनि नराम्ररी क्षेती व्यहोर्नु परेको छ ।

हेर्नुहोस भिडियो…

मैक्स प्रेजेंट्स स्टूडियोबाट सार्वजनिक भएको म्युजिक भिडियोको प्रोडूसर महादेव रेगर रहेका छन् भने शंकर रेगरले निर्देशन गरेका छन् । शब्द, लय तथा संगीत संयोजन बसंत चौधरीको रहेको यस गीतमा टीना शेर्पाली र सुमित चौहानको बेजोड अभिनय रहेको छ । रवे म्यूजिक इंडिया यस भिडियोको कोरियोग्राफर आशीष घोडकेले गरेका छन् ।

ड्रोन डीओपि नौशाद अहमदले गरेको यस म्युजिक भिडियोको सम्पादन परमिंदर कालराले गरेका छन् भने ड्रेस÷मेकअप इंदिरा धानुकरले गरेका छन् ।tinaa

 


Thali Mobile Pvt.Ltd.