भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

टोखाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने

टोखाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने

काठमाडौँ । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले आजदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप उपलब्ध गराउन लागेको राससलाई जानकारी दिए । टोखाले कोरोना खोपका लागि अनलाइन फारम भरेका नागरिकलाई मोबाइलबाट म्यासेज पठाउने र खोपका लागि उपस्थित हुनका लागि सूचना दिने तथा फारम नभरेका नागरिकलाई

नागरिकतासहित दिउँसो २ बजे नजिकको खोप केन्द्रमा उपस्थित हुन आग्रहसमेत गरेको छ । टोखाले ६० वर्ष उमेर समूहलाई जेठ २५, ६१ वर्ष उमेर समूहलाई जेठ २६, ६२ वर्ष उमेर समूहलाई जेठ २७, ६३ वर्ष उमेर समूहलाई जेठ २८ र ६४ वर्ष उमेर समूहलाई जेठ २९ गते खोप उपलब्ध गराउने जनाएको छ । विसं २०१३ असार १ देखि २०१८ असार मसान्तभित्र जन्मिएका जो कोहीलाई खोप उपलब्ध गराउने उपप्रमुख डङ्गोलले बताए।

 


Thali Mobile Pvt.Ltd.