भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विएसपी नेपालद्वारा दुई करोडको स्वास्थ्य सामग्री सहयोग

विएसपी नेपालद्वारा दुई करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी

क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई रु एक करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई स्वास्थ्य संस्थामा आवश्यक सामग्री वितरण गरिएको विएसपी नेपालका अध्यक्ष शेखर अर्यालले बताउनुभयो ।

राष्ट्रिय विपद्को अवस्थामा सरकारको मात्र मुख नताकी जनस्तरबाट सक्दो सहयोग गर्न र कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस किसिमको सहयोगको विशेष महत्व रहने उहाँको धारणा छ । ती स्वास्थ्य सामग्रीहरु वितरण गर्ने क्रममा अध्यक्ष अर्यालले यस किसिमको सहयोगबाट स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा आम नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताउनुभयो । माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पिपिई सेट उपलब्ध गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले विएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग

गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.