भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठगी गरेको आरोपमा एक महिला पक्राउ

ठगी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरधाम । लागूऔषध मुद्दाबाट छुटकारा गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार पक्राउ पर्नेमा एकडारा गाउँपालिका ३ अजमरपट्टी घर भई सदरमुकाम जलेश्वर नगरपालिका २ बस्ने ३७ वर्षीया ममता मण्डल रहेकी छन् ।मण्डलले लागूऔषध मुद्दाका प्रतिवादी सम्सी गाउँपालिका ४ बस्ने युवकका परिवारसँग मुद्दा मिलाइ दिन्छु भनेर रु १ लाख ८० हजार ठगी गरेको पाइएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पक्राउ गरी ठगी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई अन्य अनुसन्धान सुरु गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.