भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

वाग्मती । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७–७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ वैशाखदेखि घ्यू निर्यात शुरु भएको बताइएको छ । एक पटकमा सातदेखि आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।

घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विसं २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ । त्यस्तै आयोजनाले छ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमाफर्त आव २०७७–७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी रु ३२ करोड भुक्तानी गरेको जनाएको छ ।

त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ । उक्त आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र स्रिम्रोेनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।

औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ । आयोजनाबाट दही, पनिर, घ्यू, मख्खन, फ्रेसमिल्क, लालमोहन र रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा तथा खुवालगायतका दुग्ध पदार्थ उत्पादन भई बिक्री हुने गरेको छ । आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको बताइएको छ ।

आयोजनाको प्रतिदिन ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको र त्यहाँ दही उत्पादन क्षमता प्रतिदिन तीन हजार लिटर तथा घ्यू, मख्खन र पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन रहेको छ । त्यस्तै फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्र्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्याङ्कमा जनाइएको छ । एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ रहेको छ । हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ । वाग्मती प्रदेश दुग्ध विकास वार्डको साझदारीमा उक्त स्टोर निर्माण गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.