भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

तनावमा आलिया भट्ट

तनावमा आलिया भट्ट

मुम्बई । भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि व्यापक बहस भयो । स्टारकिडलाई यो मामिलामा झन् शिकार बनाइयो । कलाकार आलिया भट्ट पनि टेपोजिज्मको शिकार भइन् । आलिया आफ्ना बुवाका कारण अभिनय क्षेत्रमा जमेको भन्दै व्यापक विरोध भयो ।

आलिया अझ बढी शिकार बन्नुको एउटा कारण के पनि हो भने सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती र महेश भट्टबीच राम्रो सम्बन्ध छ । केही समयअघि यी दुईको ह्वाटसएप च्याट भाइरल भएको थियो । आलियालाई दर्शकहरुले रिजेक्ट गरिरहेका छन् । हालै उनी अभिनित फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज गरिएको थियो ।

उक्त ट्रेलर रिलिज भएको केही समयमै लाखौंलाख डिसलाइक आएको थियो । आलियालाई सामाजिक सञ्जालमा पनि ट्रोल बनाइएको छ । दर्शकले उनलाई बहिष्कार गर्नुपर्ने अभियान चलाइरहेका छन् । उनीसँगै अन्य कलाकार पनि छन्, जो नेपोटिज्मको शिकार भइरहेका छन् । अहिले भारतीय फिल्म वृत्तमा चर्चा चल्न थालेको छ, आलियालाई फिल्ममा लिन पनि निर्माताहरुले चाहिरहेका छैनन् ।

करौंडोको लगानी डुब्न सक्छ भनेर निर्माताले आलियामाथि लगानी गर्न डराएको भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।आलियाको शीर्ष भूमिका रहेका फिल्म ‘गुडबाइ काठियावाड’ रिलिजका क्रममा छ । यस्तै ‘सडक २’ अगस्त २८ मा ओटीटीमा रिलिज हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.