भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ताराखोला बन्दैछ ‘स्टोन भिलेज’

ताराखोला बन्दैछ ‘स्टोन भिलेज’

बलेवा । बागलुङको ताराखोला गाउँपालिकालाई ढुङ्गाको गाउँ स्टोन भिलेज बनाउने प्रक्रिया शुरु गरिएको छ । गाउँपालिकाले ‘स्टोन भिलेज’को प्रारम्भिक काम थालेको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेलामा गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । सोहीअनुसार प्रारम्भिक काम थालिसकेको गाउँपालिकाले जनाएको छ ।

ढुङ्गा खानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउनेसम्मका क्रियाकलाप समावेश ‘स्टोन भिलेज’ कार्यक्रममा समावेश हुनेछन् । गाउँपालिकाभरि भएका काम तथा क्रियाकलापमा स्थानीय ढुङ्गाको उपयोग गर्ने नीति लिएर यो कार्यक्रम थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।

घरको छाना छाउनेदेखि सरकारी भवन, पार्क, पदमार्ग समेतमा स्थानीयवासीले उत्पादन गरेका ढुङ्गाको प्रयोग गर्ने नीति ल्याइएको जानकारी दिए। यहाँका ढुङ्गा आर्कषक छन् । स्थानीय ढुङ्गाको प्रयोग, आयतको विस्थापन र रोजगारी सिर्जनामा कार्यक्रमले सहयोग गर्ने गाउँपालिकाको अपेक्षा छ । तारा खोलाका राजनीतिक संयन्त्रले जनप्रतिनिधि आउनुअघि पनि जस्तापाता नभित्र्याउने नीति लिएका थिए ।

अधिकांशले स्थानीय ढुङ्गाकै छाना छाएका छन् । केही खरका छाना थिए । ती पनि विस्थापित गर्ने, रासायनिक मल नल्याउने, स्थानीय प्रविधिलाई उपयोग गर्ने र वर्षौदेखि चलिआएका संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यलाई अहिले पनि सञ्चालनमा ल्याइएको हो । यहाँ दर्जनौँ ढुङ्गाखानी चलाउन सकिने स्थान छन् । तीमध्ये उद्यमीले खानी तथा भूगर्भ विभागमा गएर दर्ता गर्नुपथ्यो ।

अब भने व्यक्तिगत लगानी र आफ्नै खेतबारीमा साना उद्योग चलाउन पालिका तहमै व्यवसाय दर्ता गरेर कर तिर्ने व्यवस्था गरिएको हो । “सानो स्केलमा काम गर्नेलाई व्यवसाय दर्ता गराएर काम गर्न दिने भनेका छौं”, घर्तीले भन्नुभयो, “केही साथीहरुले काम थालिसक्नुभएको छ ।” बागलुङ, पोखरालगायतका शहरमा घर बनाउँदा आर्कषक टायलका रुपमा प्रयोग भएका अधिकांश ताराखोलाका ढुङ्गा हुन् ।

लुकिछिपी काम भइरहनुभन्दा कर तिरेर वातावरण पनि नबिग्रने गरी उत्खनन गर्न दिँदा राम्रो हुने जनप्रतिनिधिले सुझाव दिएका थिए । सार्वजनिक र सामुदायिक क्षेत्रमा खानी सञ्चालन गर्न खोज्नेलाई भने पालिकाले समन्वय गरेर छिटो वातावरणीय प्रभाव मुल्याङ्कन गराउन पहल गर्ने भएको हो । तोकेको मापदण्डमा ढुङुगा निकाल्ने अवसर दिन पहल गरेको समेत अध्यक्ष घर्तीले जानकारी दिए । तामा र सुनखानी चलाउन लागेझै जनताले दुःख पाउने गरी लामो प्रक्रिया गर्न नहुने उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.