भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ककनीमा तीन घर जलेर खरानी 

ककनीमा तीन घर जलेर खरानी 

काठमाण्डौ । नुवाकोटको ककनीमा आगलागी हुँदा तीन वटा घर जलेका छन् । नुवाकोट जिल्लाको ककनी गाँउपालिका–३ अचराङमा तीन दाजुभाइको घर जलेर नष्ट भएको हो । स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका जनाइएको छ । आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ ।

पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने जनाएको छ । घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको छ । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.