भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तीन वर्षमा बन्नुपर्ने मोरङको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

तीन वर्षमा बन्नुपर्ने मोरङको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

मोरङ । तीन वर्षमा बन्नुपर्ने मोरङको कानेपोखरी–रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२ कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको अलपत्र पुलबारे गएको चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन पनि दिएका थिए । तर निर्देशन दिएको चार महिना बित्नै लाग्दा पनि पुलको निर्माण सुस्त भएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइको पुल एक करोड १८ लाखमा ठेक्का लागेको थियो तर कहिलेसम्म काम सकिन्छ भन्ने अझै पनि टुङ्गो छैन । स्थानीय पुन्यप्रसाद रिमालले नौ वर्षको अवधिमा पाँच जनाभन्दा धेरैले गेउरिखा खोलामा ज्यान गुमाइसकेका छन् । समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार राख्ने सबैलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । रासस

 


Thali Mobile Pvt.Ltd.