भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

म्याङ्लुङ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी हुनुभएको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा  ( एमाले )का विजय सुब्बालाई पराजित गर्नुभएको हो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी हुनुभएकी कांग्रेुसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गर्नुभयो । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभयो । दुवै जनाबीच एक हजार ७९ मतन्तर रहेको छ ।

यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित हुनुभएको थियो । गुरुङ दोस्रो प्रयासमा विजयी हुनुभएको हो । खापुङले भने यसपटक टिकट पाउनुभएन ।एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.