भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

तोकिएको मितिमा महाधिवेशन हुने काँग्रेसको दाबी

तोकिएको मितिमा महाधिवेशन हुने काँग्रेसको दाबी

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको प्रतिवेदन देउवा निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको हो ।

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिइरहेका वेला नामावली सार्वजनिक नभएपछि मङ्गलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गर्नु गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.