भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुग्यो

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुग्यो

काठमाण्डौ । विद्युतका नयाँ ५१ लाख ३० हजार ग्राहक पुगेका छन् । देशका ९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट बिजुली बत्तीको पहुँच पुगे संगै ग्राहक ५१ लाख ३० हजार ग्राहक थपिएका हुन ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले निजी क्षेत्रबाट उत्पादित बिजुली खरिद गर्दै आएको बताए । प्राधिकरणले गएको वर्ष १२ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने र त्यसमा मुख्य गरी औद्योगिक खपत बढाउनेतर्फ जोड दिन आवश्यक रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

विद्युत् चुहावटलाई १३ दशमलव ४६ प्रतिशतमा कायम गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकउत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन र गुणस्तरीय एवम् भरपर्दो विद्युत् सेवाका लागि प्राधिकरणको योगदान महत्त्वपूर्ण रहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.