भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५ जनाले पिसिआर र एक हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा २१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७८९ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २२ हजार १०६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २०१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा २०० र संस्थागत आइसोलेशन र आइसियूमा एक जना सङ्क्रमित रहेका छन् ।हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, बाँके, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ५८, ललितपुरमा १० र भक्तपुरमा चार सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.