भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

थप २ हजार ५२६ जनामा काेराेनाभाइरस संक्रमण पुष्टि

थप २ हजार ५२६ जनामा काेराेनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । कूल ११ हजार ७३ नमुना परीक्षण मध्यबाट १६०२ जना पीसीआर विधिबाट र ९२४ जना एन्टीजेन विधिबाट गरी थप २ हजार ५२६ जनामा कोरोना संक्रमण देखिएको बताएको हो ।

त्यस्तै सोही अवधिमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको र ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल नेपालमा ५६ हजार ४५७ जना संक्रिय संक्रमित रहेको र यी संक्रमित मध्यबाट होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा १ हजार ३६७ जना, आई.सी.युुमा २४३ र भेन्टिलेटरमा ५१ उपचाररत रहेको जनाएको छ ।

त्यस्तै, मन्त्रालयले काठमाडौं जिल्लामा ५७० जना, भक्तपुरमा ५५ जना र ललितपुरमा १२० जना संक्रमित रहेको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.