भक्तपुर। भक्तपुरको रानीकोटमा हिमपात भएको छ । पानी परेसँगै रानीकोटमा हिमपात भएको हो । देशका विभिन्न ठाउँमा हिमपात भइरहदा रानीकोटमा पनि हिमपात भएको भिलेज हाइल्याड रानीकोटका सञचालक रामसुन्दर बकेले जानकारी दिए ।
काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित आसपासमा हिमपात हुँदा २ हजार मिटरको उचाइमा रहेको रानीकोटमा हिमपात हुँदा आफुलाई खुशीलागेको बकेको भनाई छ । हिमपात भएपछि रानीकोटमा हिउँ खेल्न जाने मानिसहरु बढ्न थालेका छन् ।
