भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

काठमाडौँ । दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो ।

नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताउनुभयो । आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.