भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फागुन ५ गते विहिबार देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइट खुलाउनुपर्ने समेत आयोगले जनाएको छ ।

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । यी दलले चुनावका लागि छुट्टै दर्ता गर्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.