भर्खरै : Sorry, your browser does not support inline SVG.

बडादशैंमा भक्तपुर तलेजु मन्दिरमा बलि नदिइने

बडादशैंमा भक्तपुर तलेजु मन्दिरमा बलि नदिइने

भक्तपुर । बडादशैंमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिइने भएको छ । भनपा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको सहभागिता रहेको थियो । कोरोना महामारीका कारण लेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

तलेजु मन्दिरमा सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशैँ अवधिमा ६० बोका, ३१ राँगा र ३० हाँस बलि दिने प्रचलन रहेको छ । पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य मात्र गरी सीमित गरिने बताइएको छ ।

सो अवसरमा नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि आह्वान गरिएको छ । दशैं अवधिभर पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने समेत निर्णय गरिएको छ । नगरको निर्णयमा नगरबासीको पूर्ण साथ रहने नगर प्रमुख प्रजापतिले विश्वास लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.