भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट

दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बागलुङ । जिल्ला प्रहरी कार्यालयलय बागलुङले १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी १० हजार ५०० अवैध घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरेको हो ।

बागलुङमा पछिल्लो समय मदिरा सेवन गरेर होहल्ला गर्ने बढेपछि प्रहरीले सक्रियता बढाएसँगै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको उनको भनाई छ । यस्तै प्रहरीले मङ्गलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.