भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी दाङको लमहीमा दुर्घटना, नाै जना घाइते

प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी दाङको लमहीमा दुर्घटना, नाै जना घाइते

दाङ । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी शनिबार दाङको लमहीमा दुर्घटना भएको छ । दुर्घटनामा परि नौजना घाइते भएको प्रहरीले जनाएको छ । लगभग पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै रा १ ज ७३७ नंको टाटा सुमो दुर्घटना स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घाइते हुनेहरुमा प्यूठानका २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना, १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने र प्यठान कै २२ वर्षीया कुमारी राना रहेका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ ।
त्यस्तै गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.