दार्चुला । यहाँका जिल्लामा गठबन्धनले जित्ने आधार बलियो भएको छ ।
दुहु गाउँपालिकामा गठबन्धनको चुनावी आमसभामा बोल्दै प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री दिलेन्द्र प्रसाद बढु र कमान्ड इन्चार्ज नेकपा माओवादी केन्द्रका लक्ष्मीदत जोशीले जित्ने आधार प्रसस्तै भएको बताए । माओवादी केन्द्र दार्चुला जिल्ला संयोजक मानबहादुर धामीलगायतका नेताहरूले आफ्नो जित्ने आधार बलियो भएको बताए ।
अहिले राजनैतिक दलका आम सभा र घरदैलो अभियानले मतदातामा उत्साह छाएको छ । अब दार्चुला जिल्लाका ९ ओटा पालिका मै गठबन्धनको बिजय सुनिश्चित भएको उनीहरुको ठोकुवा छ । चार पालिका प्रमुख माओवादी केन्द्रको र पाँच पालिका काग्रेसको भागमा परेका छन् ।
हेर्नुहोस् तस्वीरमा…

