भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै

लण्डन, । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका रहेको छ । अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । ती मध्ये करिव पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरू हुनेछन् । विभिन्न देशबाट आएका पाहुनाहरूको लागि बेलायतका नयाँ राजा चाल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नु भएको थियो ।

विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायत भरी राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो । विभिन्न देशका पहुनाहरू र बेलायती बासिन्दा सहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भिड लागेको थियो । बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिनेक्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ । महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा राजा चाल्र्ससहित राजपरिवारका अन्य सदस्यहरू वरियताक्रम अनुसार लामबद्ध भइ हिँड्नु हुनेछ ।

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउने छन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ । शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधि गराइने छ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् ।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायत सहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.