भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिँदै

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिँदै

सुर्खेत–भेरीगङ्गा, । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्नेगरी प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न चालु आवको लागि बजेट विनियोजना गरेको छ । अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न विज्ञहरुसँग छलफल थालिएको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आइतबार स्वास्थ्य विज्ञ र सरोकारवालासँग छलफल गरिएको छ ।

छलफलमा सहभागी विज्ञहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नु आफैँमा सह्रानीय काम भएको भए पनि एमविविएस पढाइलाई फेसनको रुपमा लिन नहुने सुझाव दिएका छन । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा भगवान् कोइरालाले प्रतिष्ठानलाई एमबिबिएस पढाउने फेसन मात्र बनाउन नहुने बताउनुभयो । प्रदेश सरकारको स्वामित्वमा भए पनि प्रतिष्ठान स्थापनाका क्रममा सङ्घीय सरकारसँग समन्वय गर्दा भविष्यमा कानुनी बाधा भोग्ननपर्ने सुझाव उहाँले दिनुभयो । प्राडा रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार र सेवा प्रवाह गौरव गर्न लायक छ, अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यकता छ ।”

प्राध्यापक डाक्टर अर्जुन कार्कीले अरु स्वास्थय विज्ञान प्रतिष्ठानबाट सिकेर प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सकिने सुझाव दिनुभयो । अस्पतालका निर्देशक प्राध्यापक डा डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने १० जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानको रुपमा विकास गर्न सकिने गरी आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी छ”, उहाँले कर्णालीमा पनि स्वास्थ्य क्षमता सुदृढीकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि ऐनको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

त्यही मस्यौदामाथी विज्ञहरुले आफ्नो सुझाव दिएका थिए । निर्देशक डा. खड्काले चालु आवमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । प्रदेश सरकार सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले चालु आवमा अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कर्णालीको स्वास्थ्य शिक्षाको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने अवधारणा अघि सारिएको मन्त्री बिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश अस्पतालको स्तरोन्नति र प्रतिष्ठानको रुपमा विकास गरेर जटिल स्वास्थ्य समस्याको उपचार र डाक्टर उत्पादन कर्णालीमै गर्छौ ।”

 


Thali Mobile Pvt.Ltd.