काठमाडौं । सरकारले दुई देशमा हवाई उडान खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको हो । नेपालमा निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई गन्तव्यमा उडान खुला गर्ने निर्णय गरेको जनाइएको छ ।
सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएका छन् । चीनको ग्वान्जाउमा चार्टर्ड उडान मात्रै हुदै आएको छ । कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन ।

