भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार थप १० दिन निषेधाज्ञा लम्ब्याईएसंगै निषेधाज्ञाको उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले थप दश दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैसाख २६ देखि जेठ तीन गतेसम्म गरिएको निषेधाज्ञा अब जेठ १३ गते राती १२ बजे सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । निषेधाज्ञाको समयमा खाद्य बस्तु तथा पशुपंछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामाग्री लगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न दिइएको छ ।

औषधी एवम स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला रहेका छन् । जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गइरहेकाले समुदायस्तरमा संक्रमणको दर न्युनिकरणका लागि दश दिन निषेधाज्ञा लम्ब्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.