भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

बलेवा । बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् ।

सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ । वडाध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो । डा डिलबहादुर थोकर लामाले बोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य एकाइलाई अक्सिजन मेशिन उपलब्ध गराउनुभएको हो ।

कोरोना महामारीलाई दृष्टिगत गर्दै अक्सिजन मेशिन, पल्स अक्सिमिटर, स्यानिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य एकाइलाई प्राप्त भएको छ । करीब रु चार लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिनुभयो । करार सेवाका दुई स्वास्थ्यकर्मी र सीमित औषधि मात्र भएको स्वास्थ्य एकाइ थप सबल बनेकामा खत्रीले खुशी व्यक्त गर्नुभयोे ।

सीमित स्रोत साधनमा असुरक्षित भएरै भए पनि जनताको सेवा गरिरहेको जनाउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेशिनलगायत स्वास्थ सामग्री र औषधि प्राप्त भएसँगै सेवामा खट्न थप उत्साह मिलेको बताउनुभयो । उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा विहार र चिकित्सक थोकर लामाले आगामी दिनमा एम्बुलेन्स तथा भिडियो एक्स–रे मेशिनसमेत उपलब्ध गराउने वचन दिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महँगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.