सप्तरी । अलग अलग ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
